नौ अर्ब १२ करोडका नयाँ नोट साटिए

काठमाडौं, २ असोज – अहिलेसम्म नौ अर्ब १२ करोड १७ लाख ५० हजारका नयाँ नोट साटिएका छन् ।

आइतबारसम्ममा राष्ट्र बैंक तथा सबै बैंक तथा वित्तीय संस्थाबाट उक्त परिमाणमा नयाँ नोट साटिएको हो ।

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक भिष्म उप्रेतीले भने,

-पछिल्ला दिनमा नयाँ नोट साट्न आउनेको संख्या बढेको छ ।

-आइतबार मात्र करिब १५ सय जनाले नयाँ नोट साटेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार