https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

संसदमा एकैदिन १४ विधेयकमाथि कारबाही

बल्ल बन्यो स्थानीत तह सञ्चालन कानुन

काठमाडौं, ४ असोज – कार्यकाल सकिन एक महिना बाँकी रहँदा व्यवस्थापिका संसद्ले महत्त्वपूर्ण विधेयकमाथिको कारबाहीलाई तीव्रता दिएको छ । मंगलबार दुईपटक बसेको संसद् बैठकमा १४ विधेयक प्रस्तुत भए, तीमध्ये सातवटा पारित भएका छन् ।

त्यस्तै तीन विधेयकमाथि छलफल, दुई फिर्ता र दुईवटा विधेयक पेस भएका छन् । संविधान कार्यान्वयनसँग जोडिएको राष्ट्रियसभा सदस्यको निर्वाचनसम्बन्धी विधेयक, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयकमामथि संसद्मा छलफल भएको छ ।

संविधान कार्यान्वयनसँग जोडिएको स्थानीय सरकार सञ्चालन विधेयक संसद्बाट पारित भएको छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि यो ऐन कार्यान्वयनमा आउनेछ । – नयाँ पत्रिका दैनिक

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार