२ नम्बरमा ५ पार्टीबीच तीव्र प्रतिस्पर्धा : ४ नगरमा सबैको चासो

काठमाडौं, ४ असोज –स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत २ नम्बर प्रदेशको मतदान सकिएसँगै मतगणनाको प्रारम्भिक नतिजा आउन थालेको छ । मतगणना भएका स्थानीय तहमा शुरुआती परिणाम मिश्रितरुपमा आएको छ ।

जसमा कांग्रेस, एमाले, राजपा नेपाल, माओवादी केन्द्र र संघीय समाजवादी फोरमका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।

२ नम्बर प्रदेशका वीरगञ्ज महानगर, जनकपुरसहित कलैया र जितपुरसमिरा उपमहामनगरको नतिजा कसको पक्षमा आउने हो सवत्र चासो बढिरहेको छ ।- नेपाल समाचारपत्र दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार