८८ किलो सुन प्रकरणमा पाँच व्यापारी समातिए

काठमाडौं, ४ असोज – केही दिन अघि समातिएको ८८ किलो सुन प्रकरणमा अनुसन्धान गर्ने क्रममा पाँच व्यापारी समातिएका छन्।

पक्राउ पर्नेमा गणेश दत्त बडु (कार्य विनायक सुनचाँदी गहना पसल, रञ्जना ट्रेड सेन्टर,) सत्यनारायण अग्रवाल (रविश्याम ट्रेडर्स नरदेवी), शुभरत्न शाक्य (शाक्य सुनचाँदी पसल बाङ्गेमुडा), उल्लास दिनकर सालुखे (सिद्धनाथ सुनचाँदी खार्नी, ओटु) र नन्द कुमार मर्गले (पशुपति सुनचाँदी खार्नी पसल, ओटु) रहेका छन् ।

काठमाडौंको क्षेत्रपाटीबाट केही दिन अघि ८८ किलो सुन समातिएको थियो। यसमा छानविन गर्न प्रहरीले ५ जना व्यापारीलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा पाँचैजना सुन व्यापारी छन्।प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा आयात गरिएको सुन उनीहरुमार्फत सर्कुलेट हुने गरेको देखिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार