नेपाल आइडलको ‘ग्रान्ड फिनाले’ को तयारी पुरा

काठमाडौं, ४ असोज – नेपालकै सर्वाधिक टेलिभिजन रियालिटी शो नेपाल आइडलको ‘ग्राण्ड फिनाले’ आगामी असोज ६ गते कतारमा हु्ँदैछ ।अन्तराष्ट्रिय स्तरको पहिलो प्रस्तुति गायन टेलिभिजन रियालिटी सो नेपाल आइडलको ‘ग्राण्ड फिनाले’ का लागि सबै तयारी पुरा भएको आयोजकले जनाएका छन्। ‘ग्राण्ड फिनाले’ मा सहभागी हुन टप थ्री प्रतिस्पर्धी र टप बाह्र प्रतियोगीसहितको टोली मंगलबार नै कतार पुगेको छ।

सेप्टेम्बर २२ अर्थात असोज ६ मा हुने नेपाल आइडलको ग्राण्ड फिनालेमा बुद्ध लामा, निशान भट्टरार्इ, प्रताप दासबीच प्रतिस्पर्धा हुनेछ। ‘ग्राण्ड फिनालेमा सहभागी हुन सागर आले, सुरज थापा, सुजाता पाण्डे, सन्ध्या जोशी, उल्सन श्रेष्ठ, प्रमिला राई, राहुल विश्वास, मेनुका पौडेल, केञ्जलमेहर श्रेष्ठ कतार पुगिसकेका छन् ।

नेपाल आइडल अन्‍नपूर्ण मिडिया नेटवर्कबाट संचालित तथा प्रशारित एपीवान टेलिभिजनको आफ्नै कार्यक्रम हो। अन्नपूर्ण मिडिया नेटवर्ककका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले ‘नेपाल आइडल’को टिमलाई बिदाइ गरेका छन्। अन्नपूर्ण नेटवर्कको मुख्य कार्यालय कर्पोरेट टावर तीनकुनेमा आयोजित विशेष कार्यक्रममा अध्यक्ष थापाले माला र खादा लगाएर विदाइ गरेका हुन् ।

अध्यक्ष क्याप्टेन थापाले दर्शकको अपार साथ र प्रतस्पर्धीको मिहेनतका कारण नेपाल आइडल छोटो समयमै सर्वाधिक लोकप्रिय टेलिभिजन शो बन्न पुगेको बताउँदै सफलताका लागि प्रतिस्पर्धीलाई सुभकामना दिए।

विश्वभर रहेका नेपालीहरु अन्तिम तीन प्रतिस्पर्धीमध्येबाट नेपाल आइडल को बन्ला भन्ने व्यग्र प्रतिक्षामा छन् । कतारमा हुने अन्तिम प्रतिस्पर्धाबाट विजेताको घोषणा हुँदै छ । लाखौं नेपाली दर्शकहरुले दिएको भोटका आधारमा नेपाल आइडल को बन्ने भन्ने निर्णय गर्नेछ ।

आइडलको फाइनलमा पुगेका प्रताप, निशान र बुद्ध कोही पनि खाली हात फर्कनु पर्दैन। तेस्रो स्थानमा पर्ने प्रतियोगीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। दोस्रो हुनेलाई १५ लाख रुपैयाँ पुरस्कार रहेको छ भने विजेताले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी-१०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्रयाक्ट प्राप्त गर्नेछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार