प्रदेश २ को चुनावः सहरमा मधेसवादी, गाउँमा कांग्रेस–एमालेकै प्रभाव

काठमाडौं, ६ असोज – प्रदेश नम्बर २ को मुख्य सहर हो जनकपुर । विभिन्न चरणमा भएका मधेस आन्दोलनलाई व्याकअप दिने जनकपुरले मधेस राजनीतिलाई नयाँ दिशा दिँदैछ ।

मधेस आन्दोलनले सहरी मधेसीमा प्रभाव पारे पनि ग्रामीण भेगमा खासै असर गर्न नसकेको स्थानीय तह चुनावले देखाएको छ । आन्दोलनको प्रभाव सदरमुकाममै केन्द्रित रहेको दुई नम्बर प्रदेशअन्तर्गतका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाका सदरमुकाममा आइरहेको चुनावी परिणामले प्रष्ट गरिरहेको छ ।

सदरमुकाम रहेका सहरमा राजपा र फोरमका पक्षमा तुलनात्मक रुपले बढी मतदान भएको देखिए पनि ग्रामीण भेगमा कांग्रेस र एमालेको बाहूल्य देखिन्छ । यसको पुष्टि धनुषा जिल्लाबाटै भइरहेको छ । धनुषा सदरमुकाम जनकपुरमा १० हजार मतगणना हुँदा राजपा उम्मेदवार लालकिशोर साहले ५ हजार ६ सय १७ मत पाएका छन् । भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मनोज साहले जम्मा १ हजार ९ सय १५ मत प्राप्त गरेका छन् ।

धनुषाकै ग्रामीण भेगमा भने कांग्रेस र एमालेकै प्रभाव अधिक छ ।-नागरिक दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार