http://jagdambacement.com/

प्रदेश २ को स्थानीय तहको नतिजामा काँग्रेस पहिलो, माओवादी केन्द्र दोस्रो स्थानमा

काठमाडौं, ७ असोज — असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म सार्वजनिक भएको नतिजामा ९१ स्थानीय तहको मतगणना सम्पन्न भएको छ । १ सय २० स्थानीय तहको मतगणना भइरहेकोमा सबैभन्दा अघि नेपाली कांग्रेस रहेको छ ।

निर्वाचन आयोगबाट प्राप्त विवरणअनुसार प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेसका ३३ स्थानमा विजयी भई ८ स्थानमा अग्रता कायम राखेको छ भने नेकपा (माओवादी केन्द्र) १९ स्थानमा जीत हासिल गरी दोस्रो स्थान कायम राखेको छ भने ८ स्थानमा अग्रता कायम राखेको छ ।

राष्ट्रिय जनता पार्टी नेपालले १९ स्थानमा जीत हासिल गरेकाे छ, संघीय समाजवादी फोरम नेपालले २१ स्थानमा जीत हासिल गरेकाे छ भने नेकपा (एमाले)ले १२ स्थानमा जीत हासिल गरेकाे छ, नेपाल लोकतान्त्रिक फोरमका ३ र नेपाली जनता दलका उम्मेदवार २ स्थानीय तहमा विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार