ओपीडी बन्द हुँदा एकैदिन चार लाख बिरामी स्वास्थ्य सेवाबाट बञ्चित

काठमाडौं, ७ असोज –उपचारमा लापरबाही भए चिकित्सकले क्षतिपूर्ति तिर्नुपर्ने कानून बनाउने मन्त्रिपरिषद्को निर्णयविरुद्ध चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल चिकित्सक संघको नेतृत्वमा शुक्रबार देशभरका ३ हजार ८ सय २३ अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ ।

ओपीडी सेवा बन्द हुँदा करिब चार लाख बिरामी सेवाबाट बञ्चित भएका छन् । सरकारको निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले बताए ।

स्वास्थ्य मन्त्रालयलाई जानकारी नदिई गरिएको मन्त्रिपरिषदको निर्णय फिर्ता लिन दिइएको ७२ घन्टे अल्टिमेटममा पनि सरकार मौन बसेपछि देशभरका अस्पतालको सेवा रोक्नुपरेको महासचिव डा. कार्कीले बताए ।- नयाँ पत्रिका दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार