https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

आतंकवादविरुद्ध विश्व समुदायबीच सहकार्य आवश्यकः प्रधानमन्त्री

काठमाडौं, ८ असोज – प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय मौलाउँदै गएको आतंकवादविरुद्ध विश्व समुदायबीच सहकार्य आवश्यक रहेको बताएका छन् । संयुक्त राष्ट्र संघको ७२ औं महासभालाई न्यूयोर्कमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आतंकवादलाई चिरेर मात्र विश्व शान्ति र विकासमा अघि बढ्न सकिने बताएका हुन् ।

उनले सबैभन्दा ठूलो चुनौती बढ्दो अतिवाद र आतंकवाद नै रहेको दोहोर्‍याए । संयुक्त राष्ट्र संघसँगको सहकार्यमा नेपालले विभिन्न मुलुकमा शान्ति सेना पठाएर विश्व शान्ति स्थापनामा पहल गरिरहेको उनको भनाई थियो ।

यसमा थप सहकार्य गर्न सकिने भन्दै प्रधानमन्त्री देउवाले नेपालमा रहेको दक्षिण एसियाली शान्ति प्रशिक्षण केन्द्रमार्फत् विश्व शान्तिका लागि लगातार काम गरिरहेको बताए । उनले कोरियाली प्रायद्विपमा देखा परेको समस्याको शान्तिपूर्ण समाधानका पक्षमा नेपाल रहेको पनि देउवाले स्पष्ट पारे ।

प्रधानमन्त्री देउवाले नेपाल पनि अहिले विकासको पथमा अघि बढिरहेको छ, पछिल्लो समयमा नेपालमा धेरै परिवर्तन भइरहेको भन्दै उनले राजनीतिक स्थिरतापछि विश्व समुदायले पुर्‍याएको सहयोगको प्रशंसा समेत गरे ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार