काठमाडौंमा भेटियो कालो कोकिन : युरोप र अमेरिका पुर्याउन नेपाललाई ट्रान्जिट

काठमाडौं, ९ असोज-ब्राजिलर पेरुमा बनेको कोकिन नेपाललाई ट्रान्जिट बनाएर युरोप र अमेरिकी देशमा पुर्याउन नाईजेरिंयाली र बोलिभियाली तस्करले विभिन्न उपाय बपनाउने गरेका छन् । सुटकेसमा निल्नु तस्करीका सामान्य शैली हुन् ।

नेपालमा पक्राउ परेका कोकिन् तस्करले सिलप्याक माछाको बट्टा र माछा मार्ने तारको बन्डल प्रयोग गर्ने गरेका थिए । २०६८ बाट नेपालमा कोकिन फेला पर्न थालेको हो ।

७ बर्षबीचमा पक्राउ परेका कोकिन भरियाबाट प्रहरीले सेतो धुलोका रुपमा कोकनि बरामद गर्दै आएको थियो । आईतबार लागुऔषध नियन्त्रण ब्युरोले २ किलो ७ सय ग्राम कोकिनसहित भारतीय र बोलिभियाली नागरिक पक्राउ गरेपछि उनीहरुले नेपाललाई ट्रान्जिट बनाएर युरोप र अमेरिका पुर्याउन कालो कोकिन बोक्ने गरेको खुलेको छ ।, – नागरिक दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार