काठमाडौं ९, असोज – बहुविवाह, घरेलु हिंसा र बोक्सीको आरोपमा हुने हिंसाका पीडित महिलालाई न्याय दिलाउन क्रियाशील वीरगन्जकी राजकुमारी उपाध्यायलाई नै बोक्सीको आरोप लगाएर छिमेकीले कुटपिट गरेका छन् । वीरगन्ज ८ पानीट्यांकी निवासी उपाध्याय महिला अधिकार मञ्च पर्साकी अध्यक्षसमेत हुन् ।
५५ वर्षीय उपाध्याय करिब एक दशकदेखि महिला अधिकारको क्षेत्रमा सक्रिय अधिकारकर्मी हुन् । डेरामा बस्दै आएकी उपाध्यायलाई उनीसँगै डेरागरी बस्ने महिलाको नेतृत्वमा आएको हुलले नै कुटपिट गरेको हो ।
सोही घरमा डेरा गरी बस्ने २० वर्षीया सरिता श्रेष्ठ, उनकी दिदी २४ वर्षीया सोनु, सोनुका श्रीमान् भोगेन्द्र कार्की मिलेर उपाध्यायलाई दुव्र्यवहार गरेका थिए । चितवन घर भएका कार्की सशस्त्र प्रहरीको रुपमा काठमाडौंमा कार्यरत छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।