वडा दशैंको आठौं दिन आज महाष्टमी मनाइँदै, शक्तिपीठहरुमा बलि चढाइँदै

काठमाडौं, १२ असोज – हिन्दूहरुको महान चाड वडा दशैंको आज आठौं दिन अर्थात् महाष्टमी, दुर्गा भवानीको पूजाआजा गरी देशभर मनाईंदैछ । बडादसैंको आठौं दिन बिहीबार महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । दशैं घर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तसती पाठ गर्ने परम्परा छ ।

आज दशैंघर, कोतलगायतका विभिन्न शक्तिपीठमा पशु बली दिई दुर्गा भवानीको विशेष पूजा गर्ने चलन छ । दुर्गा सप्तशती र देवी स्तोत्र पाठ पनि गरिन्छ । राती कालरात्रीका रुपमा पशुबलीको विधि र पूजा आजा सहित मनाउने गरिन्छ ।

काठमाडौं उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई लगायत मन्दिरहरुमा बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ ।

महाष्टमीको अवसरमा राजा जनककी गृहदेवी राजदेवी मन्दिरमा पनि बिहानैदेखि श्रद्धालुहरुको भीड लागेको छ । यस अवसरमा जनकपुरको राजदेवी मन्दिरसंगै बौधीमाई तथा रामानन्द चौक,विद्यापति चौक एवं बाहृ विघामा निर्मित भगवति परिसरमा पनि महिलाहरुको उल्लेखय भीड छ ।

यसैगरी उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेल्धुराको उग्रतारा, काभे्रपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालिञ्चोक भगवती लगायतका शक्तिपीठहरुमा पनि बलीसहित पूजा आराधना गर्ने भक्तजनहरुको घुँइचो लाग्ने गर्दछ ।

पशुबली नचढाउनेहरुले भने आज पूजा कोठामा काँक्रो, घिरौंला, कुभिण्डो, मूला र नरिवल आदि बली चढाई पूजा आजा गर्ने गर्दछन् । राति हनुमानढोकाको दशैंघरमा बोका र राँगाको बलीसहित कालरात्री पूजा गर्ने गरिन्छ । महाअष्टमीका दिन शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री आदि देवीहरूको पूजाआजा गरिन्छ ।

साधन पूजा
आजको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजाआजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्र अस्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो ।

देवीका शस्त्र अस्त्रसहित चतुरंगिणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ । पशुबलि नचढाउनेले भने आज पूजा कोठामा काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बलि चढाई पूजाआजा गर्ने गर्दछन् ।

आज राति हनुमानढोकाको दशैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने गरिन्छ ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार