राष्ट्रपति भण्डारीले आमाको हातबाट लगाइन् टीका

काठमाडौं १४ असोज – राष्ट्रपति विद्यादेवी भण्डारीले आमा मिथिला पाण्डेको हातबाट दशैंको टीका ग्रहण गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा शनिबार बिहान ११ बजेर ५५ मिनटको शुभ साइतमा आमाको राष्ट्रपतिले हातबाट टीका र जमरा गरेकी हुन् ।

त्यसअघि उनले हनुमानढोकास्थित दशैंघरका मुलपूजारी देवराज अर्यालको हातबाट नवदुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा ग्रहण गरेकी थिइन् ।
त्यस अवसरमा मंगल धुन बजाइएको थियो । आफूले टीका र जमरा लगाएपछि राष्ट्रपति भण्डारीले छोरीज्वाईं उषाकिरण र उमेश थापा, निषा कुसुम र अभिषेक यादव तथा देवर डा. कैलाश भण्डारीलाई टीका र जमरा लगाइदिएकी थिइन् ।

यसैबिच राष्ट्रपति भण्डारीले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालाई टीका लगाइदिएकी छिन् । सँगसँगै परिवारका अन्य सदस्यलाई पनि टीका र जमरा लगाइदिइन् । राष्ट्रपति भण्डारीले अपरान्ह दुईदेखि तीन बजेसम्म उच्च पदस्थ अधिकारी र तीन बजेपछि सर्वसाधारणलाई टीका लगाइदिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार