विशाल बजारको सटर भाडामा भ्रष्टाचार

काठमाडौं, १७ असोज –सर्वोच्च अदालते न्युरोडस्थित विशाल बजारको सटर भाडामा भ्रष्टाचार भएको ठहर्याएको छ । विशाल बजार कम्पनी सञ्चालक समितिमका तत्कालीन अध्यक्ष रवीन्द्र श्रेष्ठसहित उनका भाई देवेन्द्रलाल श्रेष्ठ र निजी सचिव रमेशमान श्रेष्ठले सटर भाडाका क्रममा भ्रष्टाचार गरेको गत जेठमा भएको फैसलाको पुर्णपाठमा उल्लेख छ ।

मुद्धाको फैसलाका क्रममा सर्वोच्चले सरकारको लगानी रहेको कम्पनीहरुका पदाधकारीहरु सार्वजनिक पदमा रहेका ब्यक्ति मानिने नजिर प्रतिपादन गरेको छ ।

साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्ता प्राकृतिकका निकायमा हुने भ्रष्टातारमाथि छानविन गर्न पाउने मानयता पनि सर्वोच्चले स्थापित गरिदिएको छ ।, — कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार