काठमाडौं प्रदेशसभा क्षेत्र नंं. ३ मा कांग्रेसबाट गजेन्द्रकुमार लामाकाे सिफारिस

काठमाडौं, १८ भदौ — नेपाली कांग्रेसले प्रदेश सभा निर्वाचनका लागि काठमाडौं–३ बाट गजेन्द्रकुमार लामाको नाम सिफारिस गरेको छ । काठमाडौंमा गजेन्द्रकुमार लामा “आले मामा” अत्यन्त सुपरिरिचत नाम हो । बौद्धिक तथा सामाजिक व्यक्तित्व लामाले बेलायतको प्रसिद्ध University– University of Reading, U.K बाट Rural Social Development मा स्नातकोत्तर तह सम्मको अध्ययन पूरा गरेका छन् ।

विपी कोइरालाको समाजवादी सिद्धान्तबाट प्रभावित भई नेपाली कांग्रेसको राजनीतिमा आबद्ध भएका लामाले नेपाली कांग्रेसका विभिन्न भातृ संगठनमा रहेर काम गरिसकेका ब्यात्तिहुन् । उनि कांग्रेसको ६ वडाको पूर्व इकाई समिति सभापति, काठमाडौं नगर समितिको पूर्व सचिव, पूर्व महाधिवेशन प्रतिनिधि हुँदै लामा हाल नेपाली कांग्रेसको महासमिति सदस्य हुन् ।

२०४६ सालको पहिलो तथा २०६२–६३ को दोस्रो जनआन्दोलनमा सक्रिय रुपमा सहभागी लामा लुम्बिनी विकास कोषको पूर्व उपाध्यक्ष तथा पूर्व कोषाध्यक्षकाे समेत जिम्रवेवारि सम्हिहालिसकेका छन् । लामाकाे कार्यकालमा लुम्बिनी विकास कोष मार्फत् भएका विकासका कामहरुलाई अहिले पनि सबैले उदाहरणीय कार्यकोरुपमा लिने गरेका छन् ।

बौद्धनाथ क्षेत्र विकास समितिको पूर्व अध्यक्ष रहेका लामाले बौद्धनाथ क्षेत्र विकास समिति मार्फत् गरेका कामहरु उत्तिकै प्रशंसनीय छन् । नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रको अध्यक्ष तथा कोषाध्यक्ष, अर्थोपेडिक अस्पताल संचालक समितिको अध्यक्ष तथा श्री बौद्ध तामाङ कल्याण गुठीका सल्लाहकार एवं प्रतिष्ठित श्री महेन्द्र बौद्ध सामुदायिक विद्यालय सञ्चालक समितिका अध्यक्ष समेत हुन् । लामा सुप्रवल गोरखा दक्षिण बाहु तेस्रोबाट समेत विभूषित हुन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिका विषयमा राम्रो दख्खल राख्ने लामाले भारत, श्रीलंका, अमेरिका, बेलायत लगायतका मुलुकहरुको भ्रमण गरिसकेका छन् ।

लामाले प्रतिस्पर्धा गर्ने क्षेत्र (काठमाडौं महानगरपालिका वडा नम्बर–६, गोकर्णेश्वर नगरपालिका वडा नम्बर (६ र ९) मा जनजाति समुदायको भोट उल्लेख रुपमा रहेकाले पनि कांग्रेसको तर्फबाट आधिकारिक उम्मेदवारलाई विजयी गराउने हो भने लामा बाहेक अन्य उम्मेदवारको विकल्प नरहेको स्थानीय बुद्धिजीवीहरुको भनाइ रहेको छ ।

जनजातिसँगै गैर जनजाति समुदायमाझ पनि अत्यन्त लोकप्रिय, मिलनसार तथा मृदुभाषी रहनु लामाको विशेषता हो । यिनै कारणले आसन्न प्रदेश सभा निर्वाचनमा लामालाई नेपाली कांग्रेसको तर्फबाट सबैभन्दा बलियो उम्मेदवारको रुपमा लिइएको छ । विपक्षी दलहरुले पनि लामाले टिकट पाएको खण्डमा उहाँको जीत सुनिश्चित हुने अड्कलबाजी गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार