सामूहिक बलात्कारको आरोपमा पाँच जना पक्राउ

गुल्मी, २० असोज – जवरजस्तीकरणी आरोपमा गुल्मीमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । गत असोज १५ गते मुसिकोट नगरपालिका वडा नम्बर १ स्थित थामडाडा बस्ने ३५ वर्षीय महिलालाई सामूहिक रुपमा जबरजस्तीकरणी गरेको आराेपमा उनीहरुलाई पक्राउ गरिएको गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगाबहादुर थापाले बताए ।

पक्राउ पर्ने युवाहरुलाई शुक्रवार जिल्ला प्रहरी कार्यालय गुल्मीले सार्वजनिक गरेको छ । जवरजस्तीकरणी आरोपमा पक्राउ पर्नेहरुमा मुसिकोट नगरपालि-१ ढाडा बस्ने १८ वर्षे बुद्ध नेपाली, १६ वर्षे रेशम नेपाली, १६ वर्षकै सुरेश नेपाली, १८ वर्षकै हरि खत्री र २४ वर्षेका ध्रुब थापा रहेको डीएसपी थापाले जानकारी दिए ।

पक्राउ परेका युवामाथी थप अनुसन्धान अगाडि वढाइएको प्रहरीले जनाएको छ । जवरजस्तीकरणीमा परेकी महिला सन्तुलन ठिक नभएकी महिला रहेको प्रहरीले जनाएको छ । उनको अबस्था सामान्य रहेको छ । युवाहरुले साँझ पख महिलामाथी जवरजस्तीकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार