काठमाडौंको क्षेत्र नं ९ कांग्रेसबाट महर्जनको सिफारिस

काठमाडौं, २० भदौ — नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिले प्रदेश सभा संसद निर्वाचनका लागि काठमाडौंको क्षेत्र नं ९ बाट जयकृस्ण महर्जनको नाम एक नंम्वरमा सिफारिस गरेको छ । काठमाडौंको क्षेत्र नं ९ कांग्रेसका क्षेत्रिय सभापति समेत रहेका युवानेता सामाजिक अभिएन्ता तथा मिलनसार व्यक्तित्वका रुपमा चिनिन्छन् ।

विधार्थी जिवनबाट राजनीति सुरुगरेका महर्जन काठमाडौंको शंकरदेव क्याम्पसको २०५५ स्व बी यु सदस्य हुदै २०५९ ने बी संघ अध्यक्ष तथा २०६२ सालमा स्व बि यु सभापति निर्वाचित भएका थिए ।

२०६२/६३ को जनआन्दोलनमा शंकरदेव क्याम्पसको नेतृत्वदायि भुमिका गरेका थिए । ने बी संघको केन्द्रिय सदस्यमा रहेरकाम गरेका महर्जन नेपाली कांग्रेसको १३ औं माहाधिबेसनमा काठमाडौंको क्षेत्र नं ९ बाट क्षेत्रिय सभापतिमा निर्वाचित भएका हुन् ।

जनजातिसँगै गैर जनजाति नेवार समुदायमाझ पनि अत्यन्त लोकप्रिय, मिलनसार तथा मृदुभाषी रहनु महर्जनको विशेषता हो । यिनै कारणले आसन्न प्रदेश सभा निर्वाचनमा महर्जनलाई नेपाली कांग्रेसको तर्फबाट सबैभन्दा बलियो उम्मेदवारको रुपमा लिइएको छ । विपक्षी दलहरुले पनि महर्जनले टिकट पाएको खण्डमा उहाँको जीत सुनिश्चित हुने अड्कलबाजी गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार