काठमाडौं, २१ भदौ — कार्यकाल पूरा हुनुभन्दा तीन वर्षअघि नै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पदबाट राजीनामा दिएका छन्। अघिल्लोपटक भारतका लागि राजदूत हुँदा तत्कालीन सरकारले उनलाई जबरजस्ती फिर्ता बोलाए पनि अहिले भने आफ्नै ‘स्वार्थ’का कारण उनले राजदूतको पद त्याग्ने निर्णय गरेका हुन्।
लाभका लागि मर्यादाको ख्याल नगरी उपाध्यायले जस्तै गरी निर्णय लिने अर्का व्यक्ति हुन्, डीआईजी नवराज सिलवाल। आफ्नो राजीनामा नै स्वीकृत नभई नेकपा एमालेमा प्रवेश गरेका छन्।
भदौ २८ मा उनले दिएको राजीनामा अझै स्वीकृत भएको छैन। राजीनामा स्वीकृत भई पेन्सनपट्टाको प्रक्रिया सुरु नभएसम्म सरकारी कर्मचारी बहालवाला पदमै कायम रहन्छन्। तर, सिलवाल यहीबीचमा एमाले प्रवेश गरेका छन्। – नागरिक दैनिक