भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका लाखौं करोडौं समर्थक भएको कुरा धेरैलाई थाहा छ तर उनलाई श्रीमानको रुपमा पाउन एक महिला धर्ना दिएर बसेकी छिन् भन्दा अचम्म लाग्ला । राजस्थानकी यी महिला विगत एक महिनादेखि धर्नामा बसेकी छिन् र मोदी आफै आएर उनलाई नभेटेसम्म आफ्नो धर्ना जारी राख्ने उनले बताएकी छिन् ।
दिल्ली, २३ असोज – दिल्लीको जन्तर–मन्तरमा धर्ना दिइरहेकी यी महिलाको पहिचान ओम शान्ति शर्माको रुपमा भएको छ र उनी सेप्टेम्बर ८ तारिखदेखि धर्नामा बसिरहेकी छिन् । जयपुरमा बस्ने उनी ४० वर्षीया महिला हुन् ।
एक मिडिया रिपोर्टका अनुसार यी महिला मोदीमाथि कामको दबाब अत्यधिक भएको उनको सेवा गर्न चाहेकी हुन् । महिलाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘मलाई थाहा छ कि मानिसहरु मलाई उनीसँग भेट्न दिँदैनन् । तर मलाई यो पनि थाहा छ कि उनलाई मद्दतको आवश्यकता छ । उनी मजस्तै एक्लै छन् ।’
मोदीसँग विवाह गर्ने विषयमा उनले भनिन्, ‘जसले पनि यो सुन्नेछन् उनीहरु ममासथि हाँस्नेछन् । म सबैलाई यो बताउन चाहन्छु कि आफूसँग उनलाई दिन केही विशेष कुरा भएकाले मैले उनीसँग विवाह गर्न चाहेको होइन । कारण यो हो कि म उनको सम्मान गर्छु । हाम्रो संस्कृतिमा बाल्यकालदेखि नै ठूलाको सम्मान गर्नुपर्छ र उनीहरुको मद्दत गर्नुपर्छ भनेर सिकाइन्छ । म उनको मद्दत गर्न चाहन्छु ।’
महिलाले आफू गरिब भएर प्रधानमन्त्रीसँग विवाह गर्न इच्छा देखाएको पनि होइन भनिन् । उनका अनुसार राजस्थानमा उनका निकै जग्गा,जमिन, पैसा र सम्पत्ति छ । उनले भनिन्, ‘मसँग जयपुरमा अत्यधिक जमिन छन् । तीमध्ये मैले केही बेचेर मोदीजीका लागि उपहार खरिद गर्ने सोचेकी छु ।’