https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

निर्वाचन सार्ने प्रधानमन्त्रीको प्रस्ताव लिएर मन्त्री पुगे शीतलनिवास

काठमाडौं, २४ असोज – सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन २१ मंसिरमा एकै चरणमा गर्ने औपचारिक प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत त्यस्तो प्रस्ताव गरेका हुन् ।

तर राष्ट्रपति भण्डारीले निर्वाचन सार्दा गलत सन्देश प्रवाह हुने भन्दै सरकारलाई सचेत गराएकी छिन् । प्रधानमन्त्रीको सन्देश लिएर अर्थमन्त्री कार्की शनिबार बेलुका शीतलनिवास पुगेका थिए ।

राष्ट्रपति भण्डारीका अनुसार.

-निर्धारित मितिका लागि तोकिएको निर्वाचन सार्ने कुरा संवेदनशील हुन्छ ।
-त्यसका लागि पहिले सरकारमा रहेका दल र विपक्षी दलहरुको पनि समहति चाहिन्छ ।
-निर्वाचन आयोगको पनि सहमति हुनुपर्छ । — नयाँ पत्रिका दैनिक

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार