अब सबै नेपालीको स्वास्थ्य बिमा अनिवार्य

काठमाडौं, २५ असोज – महंगो बन्दै गएको स्वाश्थ्य सेवामा आमनागरिकको पहँुच स्थापित गर्न अब हरेक नागरिक स्वाास्थ्य बिमा मा आबद्ध हुनुपर्ने भएको छ । स्वास्थ्य बिमा व्यवस्थित गर्ने ऐन संसदको मंगलबारको बैठकले पारित गरेपछि आमनागरिकको स्वास्थ्य बिमा गराउने बाटो खुलेको हो ।

ऐन लागु भएपछि पहिलो चरणमा राष्ट्रसेवक कर्मचारी, वैदेशिक रोजगारमा जानेको पविार र औपचारिक क्षेत्रमा कार्यरत ब्यक्ति अनिवार्य रुपमा विमामा आबद्ध हुनुपर्नेछ ।, — नागरिक दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार