सर्वोच्च अदालतका नवनियुक्त तीन न्यायाधीशलाई राष्ट्रपति कार्यालयमा शपथ

काठमाडौं, २४ असोज – राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले सर्वोच्च अदालतका तीन नवनियुक्त न्यायाधीशलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा मंगलबार आयोजना गरेको विशेष समारोहबीच प्रधानन्यायाधीश पराजुलीले नवनियुक्त न्यायाधीश बमकुमार श्रेष्ठ, डम्बरबहादुर शाही र टंकबहादुर मोक्तानलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

न्यायपरिषद्को गत भदौ २९ गते बसेको बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका तीन न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । नेपालको संविधानअनुसार न्यायपरिषद्को सिफारिसमा राष्ट्रपतिले न्यायाधीश नियुक्ति गर्ने व्यवस्था रहेको छ ।

समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र सर्वोच्च अदालतका न्यायाधीशको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार