जिसीद्वारा एनआरएनको केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं, २५ असोज – गैरआवसीय नेपाली संघ अमेरिकाका पुर्वअध्यक्ष खगेन्द्र जिसीले गैर आवासीय नेपाली संघ एनआरएनको केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अमेरिकाकामा रहेर कानूनी पेशामा आवद्ध रहदै कानुन व्यवसायीका रुपमा कार्यरत जिसी विगत ३५ बर्षदेखी अमेरिकी अदालतमा बकालत गर्ने पहिलो नेपाली हुन् ।

एनआरएन अमेरिकामा जिसीको कार्यकाललार्इ स्वर्णिम मानिन्छ । उनी केहि सीमित व्यक्तिको सानो झुण्डले संचालन गर्दै आएको एनआरएनए अमेरिकालार्इ सार्वजनिक चासो र महत्वको विषय बनाउन सफल भएका थिए ।

जिसीकै कार्यकालमा अमेरिकाको एनआरएन अभियानले संस्थागत आकार लिन सफल रहेको मानिन्छ । केहि सयको संख्यामा रहेको एनआरएनए अमेरिका जिसीकै अगुवाइमा १० हजार ७ सय सदस्यका साथ संसारकै सवैभन्दा ठुलो एनसीसी बन्न सफल भएको थियो ।

जिसी एक दशकदेखि एनआरएन अभियानमा सक्रिय छन् । उनले आइसीसीका विभिन्न कार्यदलमा महत्वपुर्ण भूमीका निर्वाह गरि सकेका छन् । एनआरएन भित्र जिसीलाइ एक बौद्धिक नेताको रुपमा चिनिन्छ ।

संबिधानमा गैरआवसिय नेपाली नागरिकाताको व्यवस्था गराउन नेतृत्वदायी भूमीका समेत खेलेका जिसीले एनआरएन नागरिकता सम्बन्धी एैनलाइ प्रमुख एजेन्डाको रुपमा अधि सार्नु भएको छ ।

“बर्तमान नागरिकता सम्बन्धी एैनलाइ संबिधान बमोजिम संसोधन नगरेसम्म हामीले नागरिकता पाउन सक्दैनौ ।” संबैधानीक कानूनकाज्ञाता समेत रहेका जिसी नयाँ संबिधानले गैरआवसीय नेपालीलार्इ नागरिकता दिने व्यवस्था गरेपछि पनि सरकारले एैन संसोधनमा ढिलाइ गरेकोमा चिन्तित देखिए ।

“गैरआवसीय नागरिकता केवल कानूनी र प्रविधिक विषय मात्र होइन बरु समग्र एनआरएनलार्इ मातृभूमीसंग जोड्ने भवनात्मक औजार हो ।” जिसीले गैरआवसीय नागरिकता र एनआरएनको संस्थागत सुधार अभियान आफ्नो महत्वपुर्ण संलग्नता भएकोले यी अभियान पुरा गर्ने एकपटक आइसीसीमा काम गर्ने मौका दिन विश्वभरका एनआरएनलार्इ आग्रह गर्दै भन्नुभयो “ विषयगत दक्षता र गहन संलग्नताको हिसाबले एकपटक सेवा गर्ने मौका दिनुहोस ।”

जिसीको सातबुँदे घोषणपत्र तथा प्रतिबद्धताहरु
• गरिब तथा विपन्न परिवारका सदस्यलाइ निशुल्क कानूनीसेवा प्रदान गर्न,
• एनआरएनले सिकेका सीप नेपाल लैजान विशेष पहल गर्ने,
• बिनाम्यादको नागरिकताको निरन्तरताका लागी पहल गर्ने,
• टाट पल्टिएका उद्योगधन्दा एनआरएनको लगानीमा पुनःसंचालन गर्ने,
• रोजगारमूलक तालीम संचालन गरि स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने,
• लाप्राकमा नमुनाबस्ती निर्माण गर्ने र
• एनआरएन केन्द्रिय कार्यलय भवन काठमाण्डौँमै निर्माण सम्पन्न गर्ने

“खर्च अभावले कानूनी उपचारको अभाव झेलेका नेपालीलाइ यो अभियानले ठुलो राहत दिनेछ ।” नेपालको विकासमा पैसामात्र होइन सीप र प्रविधिको हस्तान्तरण पनि अवश्यक शर्त हो भन्ने मान्यता बोकेका सुपरलयर जिसी एनआरएनले सिकेका सीप नेपाल लैजान विशेष पहल गर्ने बताए ।

संसाराकै सबैभन्दा ठुलो एनसीसी भएर पनि अमेरिकाले आइसीसीमा कुनै प्रभावकारि भूमीका नपाउनु एनआरएन अभियानकै लागी प्रश्न चिन्ह हुने जिसीको ठहर छ । उनले विश्वभरका प्रतिनिधिले यसपटक यो कुरा महसुस गरेको विश्वास व्यक्त गरे ।

एनआरएनएको विश्व सम्मेलन १४-१७ अक्टोबरमा काठमाडौंमा हुँदैछ । विश्वका ५७ वटा मुलुकमा संघको विस्तार भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार