आगामी निर्वाचनमा प्रजातान्त्रिक गठबन्धनले बहुमत ल्याउँछ : नेता सिंह

काठमाडौं, २६ असोज  – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनमा प्रजातान्त्रिक गठबन्धनले बहुमत ल्याउने दाबी गरेका छन् ।

नेपाली कांग्रेस काठमाडौंको अगुवा कार्यकर्ता भेलालाई बिहीबार राजधानीमा सम्बोधन गर्दै नेता सिंहले प्रजातान्त्रिक शक्ति एक ठाउँमा आएकाले यसलाई कसैले हराउन नसक्ने जिकिर गरे ।

कार्यक्रममा कांग्रेसका युवा नेता गगन थापाले वाम तालमेल खेलमात्र भएकाले यसलाई महत्व दिनु जरुरी नभएको बताए । उनले नेपाली कांग्रेसले बोलेका सबै काम पूरा गरेकाले डराउनुपर्ने अवस्था नरहेको बताए ।

नेपालमा अधिनायकवाद लाद्ने कसैको सपना पूरा नहुने उनको भनाइ थियो । कार्यक्रममा सहभागीहरुले कांग्रेसको नेतृत्वलाई एकजुट भएर जान सुझाव दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार