भोजपुर कांग्रेसबाट समानुुपातिकमा माया राईको सिफारिस

काठमाडौं, २६ भदौ — नेपाली कांग्रेसले प्रतिनिधि सभा संसद निर्वाचनका लागि समानुपातिकमा भोजपुरबाट माया राईको नाम सिफारिस गरेको छ । भोजपुरमा राईलार्इ युवानेता तथा बिकाश पे्रर्मी बौद्धिक तथा सामाजिक व्यक्तित्व रुपमा चिनिन्छिन् ।

विधार्थी जिवनबाट राजनीति सुरुगरेकी राई २०४९ मा भोजपुर, सगरमाथा स्कुलको अध्यक्ष, ने बी संघ भोजपुर क्षेत्र नं २ को कोषाध्यक्ष हुदै ने बी संघ भोजपुर जिल्ला सदस्य, ने बी संघ भोजपुर जिल्लाकार्य समिति अध्यक्षमा २०५६ सालमा निर्वाचित हूँदै  ने बी संघ केन्द्रिय सदस्य २०५९ तथा ने बी संघ केन्द्रिय समिति छात्रा बिभाग प्रमुख समेत रहेर काम गरिसकेकी छन् ।

२०६२/६३ को आन्दोलनमा काठमाडौंमानै अग्रमोर्चामा रहेर लडेकी रार्इ दर्जनौ पटक गिरफ़्तारी भएर हिरासत बसेकी हुन्, राई नेपाली कांग्रेसको १३ औं माहाधिबेसनमा भोजपुरवाट माहाधिबेसन प्रतिनिधि समेत हुन् ।

कुनैबेला भोजपुरको खैरांग गा बि स मा माया राईको १ घर मात्र कांग्रेस बाँकि सबै एमाले थियो । त्यो क्षेत्रमा कार्यक्रम तथा संगठनको काममा आऊने कांग्रेसीहरूको खाने बस्ने ठाऊ नै माया राईका पिता पूर्ण बहादुर राईको घर थियो ।

त्यो बिकट क्षेत्रमा सड़क जोलूँगे पुल सिंचाई लगाएत बिकाश योजनाको पहल गरेर योजना पारेकोले त्यो क्षेत्रमा माया राई निक्कै लोकप्रिय छिन् । ०७० को संबिधान सभा को समानुपातिक उमेदवार बनेर बन्द सूचीमा परे पनि पार्टीले सभासद बनाएन ।

स्थानीय स्तरमा लोकप्रिय रार्इ बिभिन्न संघ संस्था र सामाजिक कार्यमा पनि त्यतिकै सहभागी छन् । आफ्नो पार्टी प्रति इमान्दार र लामो समय संगर्ष गर्दै आएकोले पार्टीले सहि मुल्यांकन गरे आफ्नो क्षेत्रमा रार्इ समुदायको बाहुल्य रहेकोले आगामी चुनाबमा कांग्रेसले भारि मतले जित्नेमा बिश्वस्त छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार