वाम गठबन्धनबारे मुख खोल्दै भारतले भन्यो– तालमेल आन्तरिक मामिला

काठमाडौं, २७ असोज – भारतले नेपालका वामपन्थी शक्तिबीच भएको चुनावी तालमेल र नयाँ कम्युनिष्ट पार्टी निर्माण गर्ने घोषणा नेपालको आन्तरिक मामिला भएको जनाएको छ ।

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेल भएको सम्बन्धमा भारतीय पत्रकारले राखेको जिज्ञासामा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले भने, ‘नेपालबारे मैले टिप्पणी गर्नु अनुचित हुन्छ ।’

उनले लोकतान्त्रिक र समावेशी राजनीतिको ढाँचाभित्र रही नेपालमा शान्ति, स्थिरता र आर्थिक संवृद्धि होस् भन्ने भारतको सदैव चाहना रहेको बताए ।

नेपालमा वामपन्थी दलबीच चुनावी तालमेल र पार्टी एकताको घोषणाले भारतीय संस्थापन पक्ष आश्चर्यमा परेको जनाइएको छ ।  – अन्नपूर्ण पोस्ट दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार