दार्जिलिङमा फेरी हिंसा : एक प्रहरीको मृत्यु

काठमाडौं, २८ असोज – नेपालीभाषी गोर्खालीहरुको बसोबास रहेको भारत पश्चिम बंगालको दार्जिलिङमा शुक्रबार  भएको गोली हानाहानमा एक जना प्रहरी अधिकारीको मृत्यु भएको पश्चिम बंगाल प्रहरीले जनाएको छ ।

उक्त घटनामा धेरै प्रहरी तथा गोर्खाल्यान्डका लागि आन्दोलन गरिरहेको दल गोर्खा जनमुक्ति मोर्चाका नेता कार्यकर्ता घाइते भएको प्रहरीले बताएको छ ।

गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङलाई खोज्दै उनी बसेको स्थानमा प्रहरी पुग्दा उनका अंगरक्षक र प्रहरीबीच गोली हानाहान भएको हो ।— अन्नपूर्ण पोस्ट दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार