काठमाडौं, २८ असोज – सद्भावना पार्टीका सांसद सञ्जयकुमार साह हत्या तथा बम विस्फोटसम्बन्धी अभियोगमा अहिले पनि जेलमै छन् । तैपनि उनी संसद् सदस्यकै रूपमा रहे ।
थुनामा रहेकाले संसदमा उनको ‘भोटिङ राइट’ सदुपयोग भएको छैन । तर, संसदको कुल सदस्यसंख्यामा उनको पनि गन्ती भने हुने गरेको छ । सांसद साह फौजदारी मुद्दामा जेलमा रहे पनि उनी निर्दोष भएर थुनामुक्त भए संसद् सदस्य रहने भएकाले कुल सदस्य संख्याको सूचीमा उनको समेत नाम रहेको कांग्रेस सांसद राधेश्याम अधिकारीले बताए । – नयाँ पत्रिका दैनिक