छोरा नभएपछि शिशुको अपहरण, बच्चा ५ लाखमा खरिद

 काठमाडौं, २९ असोज – धनुषाबाट अपहरित ७ महिने शिशुलाई प्रहरीले १६ दिनपछि सिराहको लक्ष्मीपुर गाउँबाट मुक्त  गरेको छ । सिरहा र धनुषाको संयुक्त प्रहरी टोलीले लक्ष्मीपुर ४ का विषेश्वर साहको घरबाट बच्चालाई अपहरणमुक्त गरेको हो ।

बिषेश्वरकी श्रीमती लीला साहलाई प्रहरीले पक्राउ गरेको छ । लीलाई आवश्यक कारबाहीका लागि धनुषा प्रहरीको जिम्मा लगाएको सिराहका प्रहरी प्रमुख एसपी शेखर कोईरालाले जानकारी दिए ।

उनका अनुसार अपहरणकारीबाट लीलाले बच्चा किनेको खुलेको छ । साह दम्पतीका चार छोरी छन् ।, छोरा नभएका कारण बच्चा ५ लाख रुपैयाँमा खरिद गरेको बयान लीलाले दिएकी छन् ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार