काठमाडौं, २९ असोज – अखण्ड नेपाल पार्टी आज औपचारिक रुपमा नेपाली कांग्रेसमा मिलेको छ । आइतबार कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौलालगायतका नेताहरुले पार्टी सो पार्टीका अध्यक्ष कुमार खड्कालाई पार्टीमा औपचारिक स्वागत गरेका छन् ।
कुमार खड्का कांग्रेसमा प्रवेश गरेसँगै अखण्ड नेपाल पार्टी कांग्रेसमा विलय भएको हो । सो पार्टीको गत संसदमा एक सिट थियो भने खड्का मन्त्रीसमेत बनिसकेका छन् ।
अखण्ड नेपाल पार्टीको तर्फबाट प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुँदा आफ्नो कमाईको १० प्रतिशत आफ्नो बाबुआमालाई दिनुपर्ने अनिवार्य व्यवस्था गरेर खड्का चर्चामा आएका थिए।