https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

पाँच लाख घूस सहित बालाजुका डिएसपी आयोगको नियन्त्रणमा

काठमाडौं, २९ असोज – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु पाँच लाख घूस प्रकरणमा नाम जोडिएपछि महानगरीय प्रहरी प्रभाग बालाजुका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण घिमिरेलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

आयोगले यही असोज १० गते प्रहरी वृत्त बालाजुमा कार्यरत प्रहरी सहायक निरीक्षक चन्द्रसिंह भाट र प्रहरी जवान पुष्कर शाह तथा आफूलाई प्रहरी दाबी गर्दै हिँड्ने विनोद थापालाई पाँच लाख घूससहित पक्राउ गरेको थियो ।

पक्राउ परेका भाटले आयोगसँगको बयानमा प्रहरी नायब उपरीक्षक भण्डारीको पनि संलग्नता रहेको बताएपछि घिमिरेलाई नियन्त्रणमा लिएको हो । आयोगका प्रवक्ता जीवराज कोइरालाले घूस प्रकरणमा नाम जोडिएपछि सोधपुछका लागि बोलाइएको बताए ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार