https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

सिटी एक्स्प्रेस मनी ट्रान्सफर ‘उत्सव एक्स्प्रेस’ योजनाको विजेता घोषणा

काठमाडौं–सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको पाचौं हप्ताको  बिजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का तथा ओप्पो फोन विजेताको घोषणा गरेको हो ।

चाँदीको सिक्का विजेतामा यम बहादुर दमाई, नन्दा कुमारी गुरुङ्, कल्पना मोक्तान, रमिना खातुन, सुशिला ढुङ्गाना, बिष्णु मोक्तान, र ममता पुन मगर  छनोट भएका छन् । त्यसैगरी, ओप्पो फोन विजेतामा बिष्णु कुमार मगर र रेफ्रीजेरेटर विजेतामा देवीसरा रेग्मी छनोट भएकी छिन् ।

लामो समयदेखि मनी ट्रान्सफरसम्बन्धि सेवा उपलब्ध गराइरहेको सिटी एक्स्प्रेसले समस्त नेपालीको महान चाड दशैं तिहार र छठलार्र्ई लक्षित गर्दै आफ्नो उपहार योजना सञ्चालन गरेकोे हो । कम्पनीले यस पटक आफ्ना उपभोक्ताहरुका लागि ९० दिन सम्म चल्ने उपहार योजना सार्वजनिक गरेको हो ।

सिटी एक्स्प्रेसका अनुसार उपहार योजना अन्तर्गत उपभोक्ताहरुले दैनिक एक  तोला चाँदीका सिक्काहरु, क्याप, टी सर्ट र किरिङ उपहार जित्न सक्छन् । त्यसैगरी साप्ताहिक रुपमा एक जना भाग्यशाली विजेताले ओप्पो मोबाइल र हरेक महिना एक जनालाई एलजी रेफ्रिजिरेटर उपहार प्रदान गरिने छ ।

उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहारका रुपमा रेनौल्टकोे क्विड आरएक्सएल कार जित्न सक्नेछन् । दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि छनोट हुनेछन् ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार