काठमाडौं, ३१ असोज – गैर आवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । काठमाडौंमा भएको आठौं महाधिवेशनले भट्टलाई अध्यक्षमा निर्वाचित गरेको हो । उनले प्रतिष्पर्धी जमुना घले गुरुङलाई भारी मतले पराजित गरेका हुन् ।
भट्टले ११९७ मत प्राप्त गर्दा गुरुङले ५८४ मत प्राप्त गरेकी थिइन् । कुल १८५४ मतदातामध्ये भट्टले १७८८ मत प्राप्त गरेका थिए ।
त्यसैगरी उपाध्यक्षमा कुमार प्रसाद पन्त र कुल आचार्य विजयी भएका छन् । महासचिवमा डा. बद्री केसी, सचिवमा डम्बरबहादुर क्षत्री र जानकी गुरुङ, कोषाध्इक्षमा हिक्मतबहादुर थापा विजयी भएका छन् ।
त्यसै गरी २ जना निर्वाचित हुने उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य निर्वाचित हुनुभएको छ भने महिला उपाध्यक्षमा सपिला राजभण्डारी निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा अमेरिकाबाट उम्मेदवारी दिएका तीनैजना पराजित भएका छन् ।
महासचिवमा डाक्टर बद्री केसी, सचिवमा जानकी गुरुङ र डीबी क्षेत्री, कोषाध्यक्षमा हिक्मत कार्की र सहकोषाध्यक्षमा सोम सापकोटा निर्वाचित हुनुभएको छ । महिला संयोजकमा भूमादेबी लिम्बु निर्वाचित भइन भने युवा संयोजकमा सुदन थापा निर्वाचित भए ।
त्यसै गरी युरोप क्षेत्रीय संयोजकमा ६ जना उम्मेदवारमध्ये बेल्जियमका शिव बरुवाल विजयी भएका छन् । युरोप क्षेत्रीय उपसंयोजकमा गोविन्द गौतम र एकराज गिरी निर्वाचित भएका छन् । युरोप क्षेत्रीय महिला संयोजकमा बेलायतकी संगीता मरहठ्ठा विजयी भएकी छिन् ।
अमेरिका क्षेत्रीय संयोजकमा अमेरिकाका गौरीराज जोशी विजयी भएका छन् । अमेरिका क्षेत्रीय उपसंयोजकमा अमेरिकाकै नवीन शेरचन विजयी भएका छन् । यसैगरी, क्षेत्रीय महिला उपसंयोजकमा अमेरिकाकी संगीता लम्साल शिवाकोटी निर्विरोध निर्वाचित भएकी छिन् ।
ओशिनिया क्षेत्रीय संयोजकमा अष्ट्रेलियाका धर्मराज अधिकारी विजयी भएका छन् । ओशिनिया क्षेत्रीय महिला उपसंयोजक प्रिती शर्मा विजयी भएकी छिन् ।
मध्यपूर्व क्षेत्रीय संयोजकमा कतारका आरके शर्मा विजयी भएका छन् । मध्यपूर्व उपक्षेत्रीय उपसंयोजकमा गोपाल कँडेल र प्रवीण गुरुङ विजयी भएका छन् । क्षेत्रीय उपसंयोजक युवा राजकुमार बस्नेत विजयी भएका छन् ।
एशिया प्रशान्त क्षेत्रीय संयोजकमा किरणविक्रम थापा विजयी भएका छन् । एशिया प्रशान्त क्षेत्रीय उपसंयोजकमा पारसमणि पोखरेल र विनोद कुँबर विजयी भएका छन् । यसैगरी, एशिया प्रशान्त क्षेत्रीय महिला उपसंयोजकमा दक्षिण कोरियाकी जुनु गुरुङ विजयी भएकी छिन् ।
अफ्रिकाको क्षेत्रीय संयोजकमा सुनिल कार्की निर्वाचित भएका छन् । उपसंयोजकमा डा भुवन ढकाल र शिव पौडेल निर्वाचित भएका छन् ।
२० वर्षअघि अध्ययनका लागि जापान पुगेका गोरखाका भवन भट्ट अहिले जापानमा सफल व्यवसायीका रुपमा स्थापित भएका छन् । भट्टले अहिले जापानमा मात्रै २९० होटल तथा रेस्टुराँ सञ्चालन गरिरहेका छन् ।
रेस्टुराँमा अहिले पाँच हजार जापानी र २५० नेपालीले रोजगारी पाएका छन् । ती होटल तथा रेस्टुराँबाट वार्षिक रु ३२ अर्बको हाराहारीमा कारोबार हुने गरेको छ ।
सन् १९९७ मा २१ वर्षको उमेरमा टोखाइ विश्वविद्यालयमा अध्ययनका लागि उहाँ जापान गएका भट्टले नेपालमा टिबिआइ समूहको अध्यक्षका रुपमा सञ्चार, शिक्षा, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा करिब रु दुई अर्ब लगानी गरेका छन् भने हालै नेपाल एयरलायन्सको विमान खरिद गरेर बीबी एयरवेजमार्फत काठमाडौं दिल्ली उडान भर्ने तयारी भइरहेको छ ।
‘कारोबार’ दैनिक, युनाइटेड ब्रुअरी, बिबी एअरवेज, धुलिखेल माउण्ट रिसोर्ट, कलेज, काठमाडौँ–हेटौँडा सुरुङमार्गलगायत २३ वटा नेपाली संस्थामा उनको लगानी छ ।
सन् २००३ मा सम्पन्न भएको एनआरएनको पहिलो विश्व सम्मेलनदेखि नै यो संस्थामा सक्रिय भट्ट २००३–०४ मा जापान एनआरएनको तदर्थ समितिका सदस्यका रुपमा काम गरेका थिए । एनआरएन जापानको अध्यक्ष, एनआरएनको आईसीसीको कोषाध्यक्ष र उपाध्यक्षको दोस्रो कार्यकालपछि भट्ट अध्यक्षमा निर्वाचित भएका हुन् ।