काँग्रेसले ७ जिल्लाका उमेद्वारको लगायो टुङगो, नामावली सहित

काठमाडौं, १ कात्तिक – नेपाली काँग्रेसले मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको लागि उमेद्वार चयन गरेको छ। काँग्रेसले पहिलो चरणमा सहमति भएका सात जिल्लाका उमेद्वारको नाम सार्वजनिक गरेको हो।

नेपाली काँग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा सात जिल्लाको उमेद्वारको नाम सार्वजनिक गरिएको छ। यसरी उमेद्वारको नाम टुङ्ग्याइएको जिल्लामा ताप्लेजुङ, पाँचथर, सोलुखुम्वु, खोटाङ, मनाङ, हुम्ला र जाजरकोट रहेका छन्।
यि सातैवटा जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाका उम्दवारकव नाम टुङग्याएको छ।

पार्टीले टुङग्याएका नाममा ताप्लेजुङको प्रतिनिधीसभामा केशव प्रसाद दाहाल छन् । प्रदेश सभामा लिलादेवी वोखिम ताप्लेजुङ क मा छन भने दिपेन्द्रकुमार सेन्दाङ ताप्लेजुङ ख मा छन्।

पाँचथरको प्रतिनिधीसभामा भिष्मराज आङदेम्वेलाई पार्टीले उमेद्वार बनाएको छ। पाँचथरको प्रदेश सभामा नरेन्द्रकुमार केरुङ क मा र सुरेन्द्र दाहाल ख मा रहेका छन्।

सोलुखुम्वुको प्रतिनिधीसभामा बलबहादुर केसीलाई उमेद्वार बनाएको छ। प्रदेश सभामा भने प्रकाशसिंह कार्की सोलुखुम्वु क बाट छन भने आङगेलु शेर्पा खबाट उमेद्वार हुने भएका छन्।

खोटाङबाट प्रतिनिधीसभा सदस्यमा सरस्वती वजिमय उमेद्वार हुने भएकी छन्। प्रदेश सभामा सुभाषकुमार पोखरेल कबाट भने बिष्णुकुमार राई खबाट उमेद्वार हुने भएका छन्।

मनाङबाट प्रतिनिधस सभा सदस्यमा टेकबहादुर गुरुङ प्रतिनिधिसभा उमेद्वार हुने भएका छन्।  प्रदेश सभामा चिन्तावहादुर घले मनाङ क बाट र कर्मा गुरुङ ख बाट उमेद्वार बन्ने भएका छन्।

हुम्लाबाट मंगल शाही प्रतिनिधि सभामा उमेद्वार हुँदा प्रदेश सभामा ठान बहादुर रोकाया हुम्ला क बाट र जीवन बहादुर शाही खबाट उमेद्वार हुने भएका छन्।

जाजरकोटबाट प्रतिनिधी सभा सदस्यमा राजिव विक्रम शाह उमेद्वार हुने भएका छन्। वेदराज सिंह जाजरकोट क बाट र दिपकजंग शाह खबाट प्रदेश सभामा उमेद्वार भएका छन्।

विवेकशील साझा दल पछि उमेद्वारको घोषणा गर्ने काँग्रेस दोस्रो पार्टी भएको छ। राष्ट्रिय पार्टीको हैसियतमा काँग्रेस उमेद्वारको टुङगो लगाउने पहिलो पार्टी भएको छ।

जहिले पनि अन्तिम समयमा आएर उमेद्वारी घोषणा गर्ने काँग्रेसले यो पटक भने प्रचारको समय उपलव्ध गराउने गरि  उमेद्वारको टुङगो लगाएको हो। अन्य जिल्लामा पनि क्रमैसँग उमेद्वारको टुङगो लाग्ने काँग्रेस मुख्य सचिव पौडेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार