अब निर्वाचन सुनिश्चित भयोः प्रमुख निर्वाचन आयुक्त यादव

काठमाडौं, १ कात्तिक – प्रमुख निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवले तोकिएको समयमै निर्वाचन हुनेमा ढुक्क हुन मतदातालाई आग्रह गरेका छन् ।
बुधबार निर्वाचन आयोगमा आयोजित विशेष पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख आयुक्त यादवले आगामी मंसिर १० र २१ गते निर्वाचनका लागि राजनीतिक दलहरूले उत्साहका साथ समानुपातिक उमेदवारको सूची बुझाइसकेको अवस्थामा निर्वाचन सुनिश्चित भएको बताए ।
दलहरू प्रदेशका लागि २२० पद तथा प्रतिनिधिसभाको ११० पदका लागि कानुनी व्यवस्थाअनुसार सूची बुझाएको विश्वास व्यक्त गर्र्दै उनले ३० गतेदेखि ५ गतेसम्म त्यसको जाँच गरिने बताए ।
यादवले आगामी निर्वाचनमा दलहरूले आचारसंहिता पालना गर्नेमा आफू ढुक्क रहेको बताउँदै स्थानीय तहमा जस्तै सबैको सामुहिक प्रयासमा यो निर्वाचनमा सम्पन्न हुने बताए ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार