प्रतिनिधिसभामा एमालेलाई ९९, माओवादी ५६ सिट: यी जिल्लामा माओवादीको दाबी

तिनिधिसभामा एमालेलाई ९९, माओवादी ५६ सिट

काठमाडौं, २ कात्तिक  – प्रतिनिधिसभामा प्रत्यक्षतर्फको एक सय ६५ सिटमध्ये कार्यदलले एमालेले ९९ र माओवादी केन्द्रले ५६ सिट लिने गरी मोटामोटी समझदारी बनाएको  छ ।

४० प्रतिशत अनुपातअनुसार माओवादी केन्द्रले ६६ सिट पाउनुपर्ने भए पनि कम प्रभाव रहेको क्षेत्रमा जित सुनिश्चित नहुने र बाँकी १० सिट गठबन्धनमा आएका राजमो, माले र हृदयेश त्रिपाठीको समूहलाई दिने तयारीका कारण कार्यदलले त्यसरी भागबन्डा प्रस्ताव तयार पारेको हो । ‘अरूलाई पनि मिलाउनुपर्ने भएकाले ५६ सिट मात्र पाउने दाबी गरेका हौँ,’ माओवादी नेता बस्नेतले भने । प्रदेश सभा प्रत्यक्षतर्फ तीन सय ३० सिटमध्ये माओवादी केन्द्रले १ सय ३२ सिट दाबी गरेको छ ।

यी जिल्लामा माओवादीको दाबी
माओवादी संगठन प्रदेश नम्बर ६, प्रदेश नम्बर २ र प्रदेश नम्बर ५ मा अन्य प्रदेशभन्दा राम्रो छ । रोल्पा, सल्यान, रुकुम, जाजरकोट, कालिकोट, मुग, जुम्लामा सबै माओवादीले पाउनुपर्ने दाबी गरेको छ । दैलेख र सुर्खेतमा एउटा निर्वाचन क्षेत्र भए पनि पाउनुपर्ने दाबी छ । यस प्रदेशमा माओवादी संगठन बलियो भएकाले धेरै सिट पाउनुपर्ने दबाब दिँदै आएको छ ।

प्रदेश नम्बर २ मा माओवादी संगठन राम्रो भएकाले ६० प्रतिशतभन्दा धेरै उम्मेदवार हुनुपर्ने माओवादी भनाइ छ । प्रदेश नम्बर १, प्रदेश नम्बर ३ र ४ मा माओवादीले धेरै दाबी गरेको छैन । यस्तै, प्रदेश नम्बर ५ र ७ मा सम्मानजनक सिट पाउनुपर्ने दाबी माओवादीको छ । प्रदेशअनुसार एमाले–माओवादी ६०–४० प्रतिशत नभए पनि समग्रमा ६०–४० भए हुने माओवादी तर्क छ । –  नयाँ पत्रिका दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार