उम्मेदवार टुंग्याउन रातभर कांग्रेस बैठक

काठमाडौं, २ कात्तिक — कांग्रेसले १० मंसिरमा पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका प्रत्यक्षतर्फका उम्मेदवार बिहीबार बिहानसम्म टुंग्याउने गृहकार्य गरेको छ । पहिलो चरणमा हिमाल र पहाडका ३२ जिल्लामा निर्वाचन हुँदै छ ।

कांग्रेसले ३२ मध्ये सात जिल्लामा मंगलबार नै उम्मेदवार टुंग्याएको थियो । बाँकी २५ जिल्लामा प्रतिनिधिसभा र प्रदेश सभामा पार्टीका तर्फका उम्मेदवार टुंग्याउन संसदीय समितिको बैठक बुधबार रातभर पनि बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

‘पहिलो चरणमा हुने ३२ जिल्लाको निर्वाचनमा पार्टीका उम्मेदवार टुंग्याउन बुधबार रातभर संसदीय समिति बैठक बस्दै छ,’ मुख्यसचिव पौडेलले भने, ‘आकांक्षी धेरै भएकाले मिलाउन गाह्रो छ । सबैको चित्त बुझाउनुपर्ने भएकाले रातभर बैठक बस्दै छौँ ।’

कुन–कुन जिल्लामा क–कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय ३२ जिल्लाकै टुंगिएपछि मात्रै सार्वजनिक गर्ने तयारी आफूहरूको रहेको संसदीय समिति सदस्य एनपी साउदले जानकारी दिए ।‘३२ जिल्लाकै उम्मेदवार निक्र्यौल भएपछि मात्रै सार्वजनिक गर्छौं,’ साउदले बुधबार साँझ भने, ‘अहिलेसम्म १६ जिल्लामा उम्मेदवार टुंगिएका छन् ।’

स्रोतका अनुसार प्रतिनिधिसभामा एउटा मात्रै निर्वाचन क्षेत्र भएका जिल्लाका उम्मेदवारको नाम लगभग टुंग्गिएको छ । प्रतिनिधिसभामा बाजुरामा केन्द्रीय सदस्य बद्री पाण्डे, डोटीमा केन्द्रीय सदस्य तथा भौतिक योजना तथा पूर्वाधारमन्त्री वीरबहादुर बलायर र पर्वतमा केन्द्रीय सदस्य अर्जुन जोशीलाई उम्मेदवार बनाउने सहमति बैठकमा भएको छ । त्यस्तै, संखुवासभामा दीपक खड्का, ओखलढुंगामा रामहरि खतिवडा, मुगुमा हस्तबहादुर मल्ल र कालिकोटमा हिक्मतबहादुर विष्ट उम्मेदवार बन्नेछन् । — नयाँ पत्रिका दैनिक

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार