जनताले चाहेको खन्डमा नेतृत्व लिन तयार छु : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं, ५ कात्तिक  – पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई ध्यानमा राखी जनताले चाहेको खन्डमा नेतृत्व लिन तयार रहेको प्रतिक्रिया दिएका छन् ।

भाइटीकाको दिन शनिबार बहिनी शोभा राज्यलक्ष्मीदेवी शाहबाट टीका लगाउन कमलादी पुगेका पूर्वराजा शाहले सन्चारकर्मीहरुसँग कुराकानी गर्दै उक्त प्रतिक्रिया दिएका हुन् ।

तिहारको अवसरमा नेपाली दाजुभाइ–दिदीबहिनीलाई शुभकामना दिँदै पूर्वराजा शाहले आफ्नो धारणाप्रति दलहरुले आपत्ति जनाउने हुन् कि भन्ने आशंका प्रकट गर्दै सक्कली र नक्कली फूलबीचको फरककाबारेमा जनताको ध्यानाकर्षण गराए ।

उनले बिहान १० बजेर ४५ मिनेटको साइतमा बैनी शोभाबाट भाइटीका ग्रहण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार