काँग्रेसले ३२ वटै जिल्लाका उम्मेदवार टुंगो लगायो

काठमाडौं, ५ कात्तिक  – नेपाली काँग्रेसले आगामी मंसिर १० गते प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुने ३२ जिल्लाका निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । काँग्रेसले संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा (प्रजातान्त्रिक)सँग चुनावी तालमेल गरेर उम्मेदवार टुंगो लगाएको केन्द्रीय सदस्य डा प्रकाशशरण महतले सञ्चारकर्मीलाई जानकारी दिए ।

उम्मेदवारको टुंगो लगाउन काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताहरु गएराती  अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका थिए । स्रोतका अनुसार काँग्रेससँग चुनावी तालमेल गरेको नयाँ शक्ति नेपालले दुईवटा निर्वाचन क्षेत्र पाएको छ भने राप्रपा प्रजातान्त्रिकले एउटा मात्र निर्वाचन क्षेत्र पाएको छ ।

नयाँ शक्ति नेपालबाट गोरखा क्षेत्र नं २ र रसुवामा उम्मेदवार रहनेछन् । राप्रपा प्रजातान्त्रिकले पशुपतिशम्शेर राणालाई सिन्धुपाल्चोक–२ मा काँग्रेससँगको तालमेलमा उम्मेदवारी दिने भएको छ ।

राप्रपा र संघीय समाजवादी फोरमले भने प्रदेशसभा सदस्यमा मात्र उम्मेदवारी दिने बताइएको छ । काँग्रेसले जनतामाझ लोकप्रिय तथा निर्वाचनमा जित हासिल गर्न सक्ने कर्मठ, संघर्षशील र त्यागी व्यक्तिलाई उम्मेदवार बनाएको नेता महतले बताए  ।

३२ जिल्लामा नेपाली कांग्रेस एवं प्रजातान्त्रिक गठबन्धनका उम्मेवारहरुको विवरण यस्तो छः

ताप्लेजुङ- केशव दाहाल

संखुवासभा-दीपक खड्का

भोजपुर- उमेशजंग रायमाझी

खोटाङ- सरस्वती बजिमय

सोलुखुम्बु- बलबहादुर केसी

ओखलढुंगा- रामहरि खतिवडा

सिन्धुपाल्चोक १ – मोहनबहादुर बस्नेत

सिन्धुपाल्चोक २- पशुपतिसमशेर राणा -राप्रपा प्रजातान्त्रिक)

दोलखा- रुद्र खड्का

रामेछाप- कान्छाराम तामाङ

नुवाकोट १ – डा. रामशरण महत

नुवाकोट २- अर्जुननरसिंह केसी

रसुवा- बाँकी धादिङ १ – विश्व अर्याल

धादिङ २- दिलमान पाखि्रन

लमजुङ- दिलबहादुर घर्ती

मनाङ- टेकबहादुर गुरुङ

मुस्ताङ- म्याग्दी- खम्वीर गर्बुजा

गोरखा १ – चीनकाजी श्रेष्ठ

गोरखा २- बाबुराम भट्टराई (नयाँशक्ति)

बाग्लुङ १ – चम्पादेवी खड्का

बाग्लुङ २- निरज पुन

रुकुम पूर्व- गोपालजीजङ्ग शाह

रोल्पा- अमरसिंह पुन

जाजरकोट- राजीवविक्रम शाह

कालीकोट- भूपेन्द्रजंग शाही

हुम्ला- मंगल शाही

जुम्ला- देवेन्द्र शाही

मुगु- हस्तबहादुर मल्ल

डोल्पा- अंगद बूढा

रुकुम पश्चिम- वीरबहादुर ओली

बझाङ- पृथ्वीबहादुर सिंह

बाजुरा- कबिराज पण्डित

बैतडी- नरबहादुर चन्द

दार्चुला- विक्रम सिंह

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार