पौडेलेको नेतृत्वमा इन्भेष्टर्स फोरमको नयाँ कार्य समिति सर्वसम्त

काठमाडौं — नेपाल इन्भेष्टर्स फोरममा नयाँ कार्य समिति चयन भएको छ ।  नेपाल इन्भेष्टर्स फोरमको अध्यक्षमा अम्बिकाप्रसाद पौडेल सर्वसम्मत चयन भएका छन्। फोरमका अध्यक्ष डा आत्मराम घिमिरेले राजीनामा दिएपछि त्यो पद रिक्त थियो।फोरमले उनको राजीनामा स्वीकृत गरी पौडेललार्इ अध्यक्षमा सर्वसम्मत रुपमा ल्याएको हो।

फोरमको उपाध्यक्षमा छोटेलाल रौनियार चयन भएका छन्।उपाध्यक्ष रहेका केशव प्रधानले समेत गत भदौं २६ गते राजीनामा दिएका थिए।कार्य समितिको उपाध्यक्षमा छोटेलाल रौनियार छानिएका छन् भने महासचिवमा राजन लम्साल र कोषाध्यक्ष अन्जीव तुलाधर चयन भएका छन् । यसैगरी, सदस्यहरुमा तुलसीराम ढकाल, दिपेन्द्र अग्रवाल, अतितलाल श्रेष्ठ, सिर्जना सुवेदी र दुर्गा तिवारी चयन भएका छन् ।

फोरमले शनिबार नवौं, दसौं, एघारौं र बाह्रौ साधारण सभा एकसाथ सम्पन्न गरेको हो । अम्बिकाप्रसाद पौडेल र छोटेलाल रौनियार यसअघि नै क्रमशः अध्यक्ष र उपाध्यक्ष भइसकेका थिए । साधारण सभामार्फत उनीहरु अनुमोदित भएका हुन् ।

कार्यक्रममा फोरमका संस्थापक अध्यक्षसमेत रहेका प्रमुख अतिथि सिताराम थपलियाले पुँजी बजार विकासमा लगानीकर्ताको महत्वपूर्ण भूमिका रहने बताए । लगानीकर्ताले कुनै पनि माग राख्दा आवेग र उत्तेजनामा नआई शालीन ढंगबाट प्रस्तुत हुनुपर्ने उनले बताए ।

इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले पुँजी बजारको दिगो विकास गर्न फोरमले सरोकारवाला सबै निकायसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने बताए । फोरमले अनलाइन प्रणाली, बैंकलाई ब्रोकर लाइसेन्स, ब्रोकरको क्षेत्र विस्तारलगायतका कार्य अघि बढाउन माग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार