सार्वजनिक भयो कँडेल र जि.सीको विष (भिडियो सहित)

विदेशमा रहेर पनि गीत संगीतलाई अत्यधिक माया गर्ने बागलुङका युवा सर्जकहरु दिपक कँडेल र रामु जि.सी कमलको नयाँ गीत विष सार्वजनिक भएको छोटो समयमै लोकप्रिय बनेको छ ।
यसो त तिहार आउन भन्दा केहि दिन अगाडी सार्वजनिक भएको सो गीत तिहारका गीत संग प्रतिस्पर्धा गर्दै राम्रो दर्शक बटुलिरहेको छ ।
हामी सँग कुरा गर्दै सर्जकहरु जि.सी र कँडेलले गीत सार्वजनिक भए पछि धेरै शुभचिन्तक तथा दर्शक स्रोताले गीत राम्रो भएको प्रतिक्रिया दिएको बताउनु भयो ।
विदेशमा कामको थकानबाट निस्कीएको यस्ता प्रतिभाहरुले अहिले नेपाली गीत संगीतलाई धानिरहेका छन । विदेशमा दुख गरि कमाएको धन र मेहनत नेपाली गीत संगीतको भलाईको लागी लगानी गरेको उहाँहरुको भनाइ छ ।
गीत संगीतमा लागेको छोटो समयमै सर्जक कँडेलले एक दर्जक भन्दा धेरै उत्कृष्ट सिर्जनाहरु स्रोता दर्शकको लागी प्रस्तुत गरिसकेका छन भने रामु जि.सीले पनि आफ्ना सिर्जना मार्फत स्रोता दर्शकको मन जितिरहेका छन ।
विदेशमै रहेर पछिल्लो समय निकै चर्चा कमाउन सफल सर्जक प्रेम सापकोटा सोनुले यो गीतमा लय सिर्जना गरेका छन ।
प्रकाश खराल र माया लामाको प्रस्तुती रहेको सो गीतमा प्रकाश खराल र देवी घर्तिको आवाज सुन्न सकिन्छ । गीतमा विमल अधिकारी,माया लामा लगाएतका कलाकारहरुले अभिनय समेत गरेका छन ।
गीतको म्युजिक भिडियो पछिल्लो समयका चर्चित निर्देशक प्रेम थापाले गरेका छन ।
गीतको म्युजिक भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार