माओवादीविरुद्ध माओवादी बागी, वाम गठबन्धनमा बागीको बिगबिगी !

काठमाडौं, ७ कात्तिक – ५ नम्बर प्रदेशअन्र्तगत पर्ने पुर्वी रुकुमका प्रतिनिधिसभा तगा प्रदेशसभाका तिनवटै क्षेत्र वाम गठबन्धनले माओवादी केन्द्रलाई दिएको छ ।
यद्यपि, सोही क्षेत्रमा माओवादीबाटै बागी उम्मेदवार खडा भएका छन् । पार्टी केन्द्रीय सदस्य तेजेन्द्र खाममगर र अर्का नेता पुनिराज घर्तीले आईतबार स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका छन् ।

खाममगरले प्रतिनिधिसभामा र घर्तीले प्रदेशसभाको क्षेत्र क मा उम्मेदवारी दिएका हुन् । गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा कमला रोकामगर र क्षेत्र क मा पुर्णबहादुर घर्ति उम्मेदवार छन् । गठबन्धनको तर्फबाट क्षेत्र ख मा तेजबहादुर ओली उम्मेदवार छन् ।

माओवादी केन्द्रका शक्तिशाली नेता शक्तिबहादुर बस्नेतको चुनावी यात्रामा एमालेका गोविन्दविक्रम शाह तगारो बनेका छन् । जाजरकोटको प्रतिनिधिसभा सदस्यमा आईतबार वाम गठबन्धनका तर्फबाट बस्नेतले उम्मेदवारी दिँदा शाह स्वतन्त्र हैसियतमा उम्मेदवार बने ।

गठबन्धनकै प्रभावशाली नेताबाट बागी उम्मेदवारी पर्ला भन्ने त उहाँ (बस्नेत) ले सोचेका थिएनन्, माओवादी केन्द्रका एक जिल्लास्तरीय नेता भन्छन् – तर उहाँले आफ्नै जिल्लामा असन्तुष्टि व्यवस्थापन गर्न नसक्दा यस्तो अवस्था आयो ।

वाम गठबन्धनले आकांक्षी असन्तुष्टि समयमै व्यवस्थापन गर्न नसक्दा र स्थानीय तहको भावनविपरित केन्द्रमा टिकट भागबन्डा हुँदा ६ नम्बर प्रदेशमा गठबन्धनका उम्मेदवराविरुद्ध गुप्रै ठाउँमा बागी उठेका छन् । – नागरिक दैनिक

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार