भट्टराई र श्रेष्ठको चुनावी क्षेत्र अति संवेदनशील

गोरखा, ८ कात्तिक – – आगामी मंसीर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभाको निर्वाचनमा जिल्लाको ६८ वटा मतदानस्थल अति संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका छन् ।

चुनावलाई लक्षित गरेर बनाइएको केन्द्रीय सुरक्षा योजनामा पहिलो चरणमा चुनाव हुने क्षेत्रमध्ये गोरखालाई अति संवेदनशीलको सूचीमा राखिएको छ ।

६८ वटा अति संवेदनशीलमध्ये धेरै २ नम्बर क्षेत्रमा नै रहेका छन् ।

प्रजिअ बस्नेतले भने,

-नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको निर्वाचन क्षेत्रका मतदानस्थलहरु अति संवेदनशीलमा परेका छन् । –  नेपाल समाचारपत्र दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार