बिर्तामोडमा अनिश्चितकालीन कर्फ्यु, प्रहरीको गोलीबाट एकको मृत्यु

झापा, १० कात्तिक – कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारी आगजनी र तोडफोडमा उत्रिएपछि प्रहरीले चलाएको गोली लागेर बिर्तामोडमा एक जनाको मृत्यु भएको छ । लक्ष्मण शिवाकोटीको मृत्युबारे छानविनको माग गर्दै शुक्रबार बिर्तामोडमा विहानैबाट प्रदर्शन सुरु भएको थियो । स्थानीय नियन्त्रण बाहिर जान लागेको भन्दै स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु लगायो ।

तर, कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएकाहरुले प्रहरी चौकीमा तोडफोड तथा अगजनी गरेको प्रहरीले बताएको छ । स्थानीय अनियन्त्रित भएपछि बाध्य भएर गोली चलाउनु परेको विर्तामोडका डीएसपीले बताए । प्रहरीले चलाएको गोली लागेर अर्जुनधारा नगरपालिका ११ का नरेश थापाको मृत्यु भएको छ । केही घाइते भएका छन् ।

प्रदर्शनकारीले आक्रमणबाट सशस्त्र प्रहरीका एसपी समेत घाइते भएका छन् । ‘प्रहरी चौकीमा आगो लागेको छ । केही सवारी साधन पनि जलाएका छन् । कर्फ्यु लगाउँदा पनि स्थिति नियन्त्रण बाहिर गएपछि बाध्य भएर गोली चलाइएको विर्तामोडका डीएसपी राजकुमार सिलवालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार