एमाले-माओवादी गठबन्धनद्वारा १ सय ७ क्षेत्रको टुंगो

काठमाडौं, ११ कात्तिक – एमाले र माओवादी केन्द्रले मंसिर २१ मा हुने दोश्रो चरणको चुनावका लागि सिट बाँडफाँड अन्तिम चरणमा पुर्‍याएका छन् । दोश्रो चरणको १ सय २८ निर्वाचन क्षेत्रको बाँडफाँडबारे सम्भवतः आज (शनिवार) संयुक्त रुपमा सार्वजनिक गर्ने भएका छन् ।

दोश्रो चरणमा हुने प्रतिनिधिसभाका १ सय २८ निर्वाचन क्षेत्रमा दुई दलका उम्मेदवार लड्ने १ सय ७ क्षेत्रको टुंगो लागिसकेको सिट बाँडफाँड समितिका एक सदस्यले बताए ।

त्यसमध्ये एमालेलाई ७२ माओवादी केन्द्रलाई ३५ सिट छुट्याइएको छ । त्यहि अनुपातमा सम्बन्धित प्रदेशमा पनि सिट बाँडफाँड भएको  छ ।

पहिलो चरणको मंसिर १० मा हुने निर्वाचनका लागि एमालेले २१ र माओवादी केन्द्रले १६ सिटमा सहमति गरेका थिए ।

सोहि अनुसार उम्मेदवार मनोनयन पनि भैसकेका छन् । दुई बाम दलबीच ६० ४० प्रतिशतका आधारमा सिट विभाजन गर्ने सहमतिअनुसार सिट बाँडफाँड भएको हो ।-  कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार