दोहोरो नागरिकता लिएको भन्दै अस्ट्रेलियाका उपप्रधानमन्त्री अयोग्य घोषित

सिड्नी – दोहोरो नागरिकता भएको भन्दै अस्ट्रेलियाका उपप्रधानमन्त्री बर्नाबी जोइस र अन्य चार राजनीतिज्ञहरु गलत ढंगले निर्वाचित भएको अस्ट्रेलियाको अदालतले ठहर गरेको छ ।

अस्ट्रेलियाको उच्च अदालतले गरेको यो निर्णयसँगै जोयससँगै तीन नेता काम गर्न आयोग्य बनेका छन् । अन्यले भने गत जुलाईमा नै राजीनामा दिइसकेका छन् । अस्ट्रेलियाको संविधानले दोहोरो नागरिकता दिनेलाई निर्वाचनमा भाग लिनबाट प्रतिबन्ध गरेको छ ।

जोयस अयोग्य घोषित भएसँगै सत्तारुढ दलसँग बहुमतमा एक सिट कम भएको छ । तर, उनी पुनः निर्वाचनबाट आउने सम्भावना बाँकी रहेको छ ।

गत अगस्तमा न्युजिल्याण्डको नागरिकता त्याग गरेका उपप्रधानमन्त्रीले अब पुनः तल्लो सदनको निर्वाचनमा भाग लिन सक्नेछन् ।जोइसले अदालतको निर्णयलाई आफूले सम्मान गर्ने बताएका छन् ।

यसरी आयोग्य घोषित भएका अन्य राजनीतिज्ञहरुमा फोइना नाश, माल्कोम रोबटर्स, लारिसा वाटर्स र स्कट लुडलाम रहेका छन् । उनीहरु सिनेटमा निर्वाचित भएका थिए ।

सर्वोच्चको निर्णयले अस्ट्रेलियाको राजनीतिमा तरंग ल्याइदिएको छ । जोयस अयोग्य ठहर भएपछि सरकारसँग बहुमत गुमेको छ । सरकार अल्पमतमा परेसँगै टर्नबुलले स्वतन्त्र सांसद वा साना दलको समर्थन जुटाउनुपर्ने भएको छ । संसदमा टर्नबुलका पक्षमा ७५ जना मात्र सांसद बाँकी छन् । १ सय ५० सदस्यीय संसदमा सरकारका लागि ७६ सिट आवश्यक पर्छ । तर, उनी उपनिर्वाचनबाट फर्किन सम्भावना रहेको बताइएको छ । गत अगस्टमा न्युजिल्यान्डको नागरिकता त्यागेका उनले तल्लो सदनका लागि पुन: निर्वाचित गर्न आहवान गरेका छन् । जोयसको निर्वाचन क्षेत्रमा डिसेम्बर २ तारिखमा उपनिर्वाचन हुने तय गरिएको छ ।

अदालतको निर्णयपछि टर्नबुलले उपप्रधानमन्त्री जोयसले लिएको मन्त्रालय आफ्नो मातहतमा ल्याएका छन् । उनले मन्त्रिपरिषद्मा समेत केही हेरफेर गरेका छन् । अदालतको फैसलापछि टर्नबुलले आफू ‘निराश’ भएको प्रतिक्रिया दिए । उनले भने, ‘अदालतको फैसला हामीले अपेक्षा गरेभन्दा फरक  आएको छ । तर सरकारले भने आफ्नो काम जारी राख्नेछ ।’ टर्नबुलले प्रमुख प्रतिपक्षी लेबर पार्टीभन्दा आफूसँग ६ सांसद बढी भएको जनाउँदै सरकारको बचाउ गरेका छन् । प्रमुख प्रतिपक्षी दलले भने गत अगस्टमा अदालतमा पेस गरिएलगत्तै जोयस र नासलाई बर्खास्त नगरेको भन्दै टर्नबुलको आलोचना गरेको छ ।

अदालतको फैसला लगत्तैपछि बोल्दै उनले भने, ‘अदालतको फैसलाको म सम्मान गर्छु ।’ अन्य चार राजनीतिज्ञ सिनेटका लागि निर्वाचित भएका थिए । यद्यपि विपक्षी लेबर पार्टीले भने उपप्रधानमन्त्री रहँदा जोयसले गरेका सबै निर्णयबारे पुनर्विचार गर्नुपर्ने माग गरेको छ । लेबर पार्टीले उनीहरुले पदमा रहँदा गरेका निर्णयबारे केही बताएको छैन । तर विश्लेषकले अगस्टपछिका निर्णयबारे भने कानुनी प्रक्रिया सामना गर्नुपर्ने जनाएका छन् ।

उच्च अदालतका सात न्यायाधीशले १२ अक्टोबरदेखि यस मुद्दाको सुनुवाइ गरेका थिए ।

सुनुवाइका क्रममा सरकारले रोबर्ट र लुड्लामलाई मात्र अयोग्य ठहर गर्नुपर्ने बताएको थियो । उसले अन्यलाई निर्वाचित हुने समयसम्म आफ्नो दोहोरो नागरिकताबारे जानकारी नभएको दाबी गरेका थियो । न्युजिल्यान्डमा बेलाबेलामा दोहोरो नागरिकताको मुद्दा पेचिलो बन्ने गरेको छ । यसअघि यस्तै मुद्दामा अदालतले ३ सांसदलाई अयोग्य ठहर गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार