चार्ज गर्न मिल्ने स्मार्ट कण्डम बजारमा, के छन् त विशेषता ?

एजेन्सी: प्रविधिको विकाससंगै संसार विस्तारै हरेक क्षेत्रमा एक कदम अघि बढिसकेको छ अर्थात विश्व विस्तारै स्मार्टमय हुँदैछ । तपाई हामीले प्रयोग गर्ने स्मार्ट वाच, स्मार्ट ग्लास र स्मार्टफोन हामीलाई सामान्य लाग्न थालिसकेको छ । तर, अब यहि समार्टको जमानामा कण्डमको पनि स्मार्ट रुप विकसित भएको छ ।

बेलायतका एक अनलाइन बिक्रेता ब्रिटिसकन्डम डटकमले यसको विक्री समेत सुरु गरिसकेको छ। कम्पनीले कन्डमसँग सम्बन्धित धेरै गोप्य प्रश्‍नको समेत उत्तर दिने छ जसको बारेमा मानिसले सोच्‍न समेत भ्याएका हुँदैनन्।

स्मार्ट कन्डमले सेक्स गर्दाको समय अवधि, पटक र कति बेरसम्मको उपयुक्त भन्ने नतिजासमेत देखाउने दाबी गरिएको छ। यो कण्डोममा राखिने नानो चिप र सेन्सरले सबै तथ्यांकहरूको अभिलेख राख्ने छ ।

यो कण्डमको प्रयोग एक पटक गरिसकेपछि ब्लूटुथबाट मोबाइल एपको मद्दतले सेक्ससम्वन्धी विभिन्न आँकडाहरू डाउनलोड गर्न सकिने बताइएको छ । तथ्याङक डाउनलोड गरिसकेपछि यसलाई फेरि प्रयोगमा ल्याउन सकिनेछ।

स्मार्ट कण्डम प्रयोग गर्नुपूर्व युएसबीको माध्यमबाट चार्ज गर्नुपर्छ । एक घण्टामै चार्ज गर्न सकिने यसलार्इ ८ घण्टासम्‍म प्रयोगमा ल्याउन सकिन्छ। एक वर्षको वारेन्टी रहेको यो कन्डमको मूल्‍य करीब ६० पाउण्ड राखिएको छ।मि

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार