जापानमा पत्याउनै नसकिने ठाँउमा सडक

एजेन्सी- जापानको ओसाकामा रहेको गेट टावर भवन अन्य भवन भन्दा फरक छ । यो एक उत्सुकतापुर्वक हेर्न लायक भवन हो । १६ तले सो भवनको पाचौ छैठौ र सातौ तल्लाबाट एक उच्च गतिको हाइवे रहेको छ ।
भवनको चौथो तल्लाबाट सिधै आठौ तल्लामा जाने लिफ्टको व्यवस्था गरिएको छ । यो आफैमा आकर्षक छ, तर यसको निर्माणको कथा भने भिन्नै किसिमको छ । जापान सरकार र जग्गाधनी वीच भएको एक असामान्य सँझौताको नतिजा हो यो भवन ।
माझीहरुको समय देखि नै यो ठाउँमा काठ सम्बन्धी काम गर्ने कम्पनी रहेको थियो । सन् १९८८ मा सरकारको पुर्ननिमाण योजनासँगै यो ठाउँमा हाइवे वन्ने निश्चित भयो । तर जग्गा धनीहरुले सो योजना अस्विकार गरे ।
झण्डै ५ वर्षको वार्ता पछि समस्या समाधान भयो, भवन भित्रैवाट हाइवे लैजान दिने । त्यसपछि उक्त गेट टावर भवनमा व्यापार सामान्य रुपमै चलेको छ । हाइवेले भवनको कुनै पनि ठाउँमा छोएको छैन । त्यसैगरी हल्ला सुनिने र भवन थर्किने समस्या पनि छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार