चितवन, १२ कात्तिक – नक्कली फेसबुक आईडी बनाएर महिलालाई अश्लिल कुरा लेख्ने एक व्यक्ति पक्राउ परेका छन् । सुरज शर्मा नाम राखी नक्कली फेसबुक एकाउण्ट खोली महिलाहरुलाई बदनाम गर्ने उद्देश्यले फोटो तथा मोबाईल नम्बर राखी अश्लिल कार्यको लागि सम्पर्क गर्नु होला भनेर लेख्ने मकवानपुरका युवकलाई पक्राउ गरिएको चितवनका प्रहरी नायव उपरिक्षक शिव शर्मा आचार्यले जानकारी दिएका छन् ।
प्रहरीमा यसबारे लिखित उजुरी परेपछि मकवानपुरको बकैया गाउँपालिका वडा नं.४ बस्ने २७ वर्षका नविन तिमल्सिनालाई पक्राउ गरी सार्वजनिक (अपराध र सजाँय) ऐन २०२७ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरिक्षक आचार्यले बताएका छन् ।