http://jagdambacement.com/

सुन्यतामा आँखाहरु

मैले तिमीलाई कुरिरहे,

तिमीले पनि कर्यौ होला ।

मेरा नयनहरु रसाए जस्तो,

गहहरु तिमीले नि भरयौ होला ।

 

क्षितिज निरन्तर कोपिरहे म,

आकाश तिमीले पनि फाड्यौ होला ।

अन्त्य नपाएर म ढलेझौ,

बेवारिस तिमी नि लड्यौ होला ।

 

सुन्यतामा आँखाहरु टोलाइरहे,

बहुतै तिमीपनि छट्पटायौहोला ।

धड्कन मेरो टक्क अडिएझौ,

अन्तिम श्वास तिमिले नि फेर्यौ होला ।

 

-अन्जु खड्का, भक्तपुर

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार